Posts

Showing posts with the label मीठो सम्झना

लुकामारी

Image
खोजी रहन्छु यहाँ र त्यहा,  कहाँ छौ? अदृश्य हौ?  या कतै लुकेकी छौ रिसमा मुख फूल्याएकी छौ मलाई आँखा छल्लाएकी छौ साथमा छैनौ तैपनि सताएकी छौ कहीँ अन्तै रमाएकी छौ? पक्कै तिमी यही छौ पनि त नजीकै हैन  मेरो आवाज सुनेकी छौ नबोल्ने मन बनाएकी हौ? लुकमारी खेल्दै छौ तर थाहा छ मलाई,  तिमी कहाँ छौ मेरो मनमा छौ मेरा यादहरुमा छौ!!