आमा
आमा माने कोखमा सानो महल,
मानिसको धर्ती अघि स्वर्ग
त्यो कोख मन्दिर जस्तो र,
आमा मन्दिरकी देवी
त्यही कोखबाट पाखुरा
र पाखुरा दुःख भुल्ने सिरानी
दिप झै उज्यालो ति हात
अनि न्यानो स्पर्शको ओछ्यानी
त्यो कोख माने पवित्र स्थल
र पाखुरा स्वर्गको भुमि
त्यो भुमि मन्दिर जस्तो
आमा मन्दिरकी देवी
धुनबाटै संगीत अनि
संगीत मन भुलौने बोली
दछ्यान मानिसलाई चिसो रोक्ने
तर शीतल उनको चोली
मानिस त फूल पछि फल
मात्र आत्म बस्ने शरीर
तर शरीर माने आमा
र आमा त्यही शरीरकी देवी

Comments
Post a Comment