बसन्त-ऋतु
म सधैं तिमीसँग छु
यहाँ अहिले अल्झिएको छू
तिम्रो बचेरोले चु-चु गरेर भोकाएकी चरा
आहारको खोजाईमा
म अफ्नो लागि खाना र लाउनलाई
माग्दै गरेकी आमालाई सम्झिएको छू
वसन्त-ऋतुले पात नहल्लाउँदै मुर्झिएको फुल
ठहडिएको हाँगा बीचमा
हावा-हुरीले हाम्काउँदा पनि पहेलिएको देखेको छु
आशु आउनै लाग्दा
घाम डुब्नै लाग्दा
समुन्द्र सुक्नै लाग्दा पनि
मुसुक्क मुस्कुराएको देखेको छु।
Comments
Post a Comment