मेरो हात र खुट्टा मसीन जस्तो
जता लतारे उतै लतारिन्छ
जता पछारे उतै पछारिन्छ
कहिले चली रह्यो, आधा भोक त्यतै तुरिन्छ
कहिले बसी रह्यो, दछ्यान संगै माया मिसिन्छ
मेरो हात र खुट्टा मसीन जस्तो
जहिले पनि चलेकै छ, जता पनि ढलेकै छ
बोल्न सक्दैन तर
खुसी हुदा उफ्रिन्छ, दुखि हुदा फुस्रिन्छ
तेल दलेर मसार्नै पर्ने
नत्र खियाले खाने
अनि मलामीले लाने
फलाम जतिकै बिलयो छ
तर ठेश लागे दुख्छ
काते रगत झर्छ
मेरो हात र खुट्टा मसीन जस्तो
जता लतारे उतै लतारिन्छ
जता पछारे उतै पछारिन्छ

Comments
Post a Comment