शिशु
बल्ल तल्ल उभिदै छु
कोसिस म गर्दै छु
लट्दै अनि हिड्दै छु
तैपनि हास्दै छु।
कहिले आमाको औला छोप्दै छु
कहिले ९ फिट्को दिवार ढकेल्दै छु
अलि अलि दग्मगाउदै छु
तैपनि पाइला चाल्दै छु
अनजानमा खुट्टा सार्दै छु
ठेस् लागेर पछारिएको छु
थचक्कै बसेर रुदै छु
तैपनि उठ्न खोज्दै छु

🥰
ReplyDelete🥰
Delete