आमा

आमा माने कोखमा सानो महल,

मानिसको धर्ती अघि स्वर्ग

त्यो कोख मन्दिर जस्तो र,

आमा मन्दिरकी देवी


त्यही कोखबाट पाखुरा

र पाखुरा दुःख भुल्ने सिरानी

दिप झै उज्यालो ति हात

अनि न्यानो स्पर्शको ओछ्यानी


त्यो कोख माने पवित्र स्थल 

र पाखुरा स्वर्गको भुमि

त्यो भुमि मन्दिर जस्तो

आमा मन्दिरकी देवी


धुनबाटै संगीत अनि

संगीत मन भुलौने बोली

दछ्यान मानिसलाई चिसो रोक्ने

तर शीतल उनको चोली


मानिस त फूल पछि फल

मात्र आत्म बस्ने शरीर 

तर शरीर माने आमा

र आमा त्यही शरीरकी देवी




Comments

  1. सन्तोष के . सिApril 23, 2026 at 3:45 AM

    उत्कृष्ट लेख

    ReplyDelete

Post a Comment

Popular posts from this blog

लुकामारी

शिशु