फिका चिया

गल्लीको स्वरमा
यसै रमाउथिए
उनीहरूको गफमा
आफै हराउथिए
बोलाउँदा बोल्थेनन् कहिलै
अन्देखाईमा मुस्कुराउथिए पहिलै
राख्नु थियो हात साथीको काधमा
बनोटको अभावले पार्यो बाँधमा
जिन्दगीको चौरमा रमाउँदै आए
एक्लो पनमा आफैलाई पाए
फिका चिया जस्तो
मेरो आवाज पनि फिका रह्यो
पूर्ण बीचमा अपूर्ण
म होला कस्तो।

Comments

Popular posts from this blog

लुकामारी

बसन्त-ऋतु

स्वदेश