स्वदेश
विदेश निस्कन्छु भन्ने बेला, रहरले सतायो
आफ्नै देशमा सानो खेत जोत्दा, ऋिणले खतायो
निद्र पुगुन जेल सुत्छु भन्दा, कर्मले ठटायो
नोकरिको झोला कॅाधमा लिदा, भारले झटायो
हैन, यही जमीन, यही माटो, सहर मात्र फेरियो
यही भाषा, यही मुद्रा तर अन्जानले घेरियो
खाना त्यही, लउन त्यही, चार दिवारमा बेरियो
सुत्न त्यही, मुत्न त्यही तर तालिका जेलियो
स्वदेशमै पाउ चाल्दा चाल्दै लकिर मेटियो
दौड र भाग खेल्दा खेल्दै संसार देखियो।

🥰
ReplyDelete