Posts

आमा

Image
आमा माने कोखमा सानो महल, मानिसको धर्ती अघि स्वर्ग त्यो कोख मन्दिर जस्तो र, आमा मन्दिरकी देवी त्यही कोखबाट पाखुरा र पाखुरा दुःख भुल्ने सिरानी दिप झै उज्यालो ति हात अनि न्यानो स्पर्शको ओछ्यानी त्यो कोख माने पवित्र स्थल  र पाखुरा स्वर्गको भुमि त्यो भुमि मन्दिर जस्तो आमा मन्दिरकी देवी धुनबाटै संगीत अनि संगीत मन भुलौने बोली दछ्यान मानिसलाई चिसो रोक्ने तर शीतल उनको चोली मानिस त फूल पछि फल मात्र आत्म बस्ने शरीर  तर शरीर माने आमा र आमा त्यही शरीरकी देवी

शिशु

Image
बल्ल तल्ल उभिदै छु कोसिस म गर्दै छु लट्दै अनि हिड्दै छु तैपनि हास्दै छु। कहिले आमाको औला छोप्दै छु कहिले ९ फिट्को दिवार ढकेल्दै छु अलि अलि दग्मगाउदै छु  तैपनि पाइला चाल्दै छु अनजानमा खुट्टा सार्दै छु ठेस् लागेर पछारिएको छु  थचक्कै बसेर रुदै छु तैपनि उठ्न खोज्दै छु

स्वदेश

Image
विदेश निस्कन्छु भन्ने बेला, रहरले सतायो आफ्नै देशमा सानो खेत जोत्दा, ऋिणले खतायो निद्र पुगुन जेल सुत्छु भन्दा, कर्मले ठटायो नोकरिको झोला कॅाधमा लिदा, भारले झटायो हैन, यही जमीन, यही माटो, सहर मात्र फेरियो यही भाषा, यही मुद्रा तर अन्जानले घेरियो खाना त्यही, लउन त्यही, चार दिवारमा बेरियो सुत्न त्यही, मुत्न त्यही तर तालिका जेलियो स्वदेशमै पाउ चाल्दा चाल्दै लकिर मेटियो दौड र भाग खेल्दा खेल्दै संसार देखियो।

मेरो हात र खुट्टा मसीन जस्तो

Image
मेरो हात र खुट्टा मसीन जस्तो  जता लतारे उतै लतारिन्छ  जता पछारे उतै पछारिन्छ कहिले चली रह्यो, आधा भोक त्यतै तुरिन्छ कहिले बसी रह्यो, दछ्यान संगै माया मिसिन्छ मेरो हात र खुट्टा मसीन जस्तो जहिले पनि चलेकै छ, जता पनि ढलेकै छ बोल्न सक्दैन तर खुसी हुदा उफ्रिन्छ, दुखि हुदा फुस्रिन्छ तेल दलेर मसार्नै पर्ने नत्र खियाले खाने अनि मलामीले लाने  फलाम जतिकै बिलयो छ तर ठेश लागे दुख्छ काते रगत झर्छ मेरो हात र खुट्टा मसीन जस्तो  जता लतारे उतै लतारिन्छ  जता पछारे उतै पछारिन्छ

बसन्त-ऋतु

Image
म सधैं तिमीसँग छु यहाँ अहिले अल्झिएको छू तिम्रो बचेरोले चु-चु गरेर भोकाएकी चरा आहारको खोजाईमा म अफ्नो लागि खाना र लाउनलाई माग्दै गरेकी आमालाई सम्झिएको छू वसन्त-ऋतुले पात नहल्लाउँदै मुर्झिएको फुल ठहडिएको हाँगा बीचमा हावा-हुरीले हाम्काउँदा पनि पहेलिएको देखेको छु आशु आउनै लाग्दा घाम डुब्नै लाग्दा समुन्द्र सुक्नै लाग्दा पनि मुसुक्क मुस्कुराएको देखेको छु।

लुकामारी

Image
खोजी रहन्छु यहाँ र त्यहा,  कहाँ छौ? अदृश्य हौ?  या कतै लुकेकी छौ रिसमा मुख फूल्याएकी छौ मलाई आँखा छल्लाएकी छौ साथमा छैनौ तैपनि सताएकी छौ कहीँ अन्तै रमाएकी छौ? पक्कै तिमी यही छौ पनि त नजीकै हैन  मेरो आवाज सुनेकी छौ नबोल्ने मन बनाएकी हौ? लुकमारी खेल्दै छौ तर थाहा छ मलाई,  तिमी कहाँ छौ मेरो मनमा छौ मेरा यादहरुमा छौ!!

फिका चिया

Image
गल्लीको स्वरमा यसै रमाउथिए उनीहरूको गफमा आफै हराउथिए बोलाउँदा बोल्थेनन् कहिलै अन्देखाईमा मुस्कुराउथिए पहिलै राख्नु थियो हात साथीको काधमा बनोटको अभावले पार्यो बाँधमा जिन्दगीको चौरमा रमाउँदै आए एक्लो पनमा आफैलाई पाए फिका चिया जस्तो मेरो आवाज पनि फिका रह्यो पूर्ण बीचमा अपूर्ण म होला कस्तो।